विराटनगर शिक्षादीप कलेज छेउ भएको दुर्घटनामा परि १ जना घाईते

विराटनगर शिक्षादीप कलेज छेउ भएको दुर्घटनामा परि १ जना घाईते

विराटनगर । विराटनगर मेनरोडस्थित शिक्षादीप कलेज अगाडि भएको दुर्घटनामा परी १ जना घाईते भएका छन् ।

ओभरस्पिडका कारण को २९ प २२४ नम्बरको स्प्लेन्डर मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाईते भएका हुन् । ओभरस्पिडका कारण टर्निङमा बाईक अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीय तथा प्रत्यक्षदर्शीले बताएका छन् । एक्वा पार्कको बाटो हुँदै मेनरोड पुर्वबाट उत्तरतर्फ उत्तर लाग्ने क्रममा मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनीहरुको भनाई छ । दुर्घटनाबाट घाईतेलाई हाल उपचारका लागि न्यूरो अस्पताल लगिएको छ । उनको पहिचान खुल्न सकेको छैन् ।

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सडकको पश्चिमपट्टि सडकपेटीमा पार्किङ गरि राखिएको को १८ प १४९७ नम्बरको मोटरसाईकललाई क्षति पुगेको छ । दुर्घटनामा परेको मोटरसाईल चिप्लिएर पार्किङमा राखिएको मोटरसाईकलमा ठोक्किएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्र खड्काले बताए । उनले दुर्घटनामा परेको मोटरसाईकलको ठक्करबाट अर्को पार्किङमा राखिएको डिस्कभरलाई समेत क्षति पुगेको आवर विराटनगरलाई जानकारी दिए ।

‘टर्निङमा दुर्घटना हुँदा सवारी चालक लडे, उनले भने, त्यसपछि उनले कुदाएको मोटरसाईकल चिप्लिएर दुर्घटनास्थलबाट करिब २० मिटर पश्चिममा राखिएको अर्को मोटरसाईकलमा गएर ठोक्किएको हो ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्