विराटनगरबाट एयरलायन्समा पठाइन्छ अवैध सुपारी व्यापारको रकम

विराटनगरबाट एयरलायन्समा पठाइन्छ अवैध सुपारी व्यापारको रकम

विराटनगर । विराटनगर विमानस्थलको सुरक्षा चेकजाँच छलेर सौर्य एयरलायन्स विराटनगरका स्टेसन मेनेन्जर प्रकाश पौडेलले पठाएको रकम सुपारी कारोबारमा संलग्न व्यापारीहरुको भएको खुलेको छ । गत शनिबार विराटनगरबाट काठमाण्डौं पठाइएको स्रोत नखुलेको ५० लाख रकम विराटनगरका सुपारी व्यापारी दिनेश राठी र सौर्य एयरलायन्सका निर्देशक दिपक पोखरेलसँग नाम जोडिन पुगेको हो ।

विराटनगरबाट स्रोत नखुलेको ५० लाख रुपैँया काठमाण्डौं पठाउन सौर्य एयरलायन्सका स्टेसशन मेनेजर प्रकाश पौडेल प्रयोग भएका थिए । सुरक्षा जाँचपास कक्ष छलेर विमानमा छुट्टै पार्सल पठाएको देखेपछि विमानस्थल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले काठमाण्डौंमा फोन गरेर नियन्त्रण गरिएको थियो ।
उक्त रकम विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्यले काठमाण्डौमा रिसिभ गरेपछि प्रहरीले पक्राउ गरेको थियो । काठमाण्डौंमा उनलाई ५० लाख रुपिँयासहित पक्राउ गरिएपछि स्टेसन मेनेजन पौडेल समेत शनिबार पक्राउ परेका थिए ।
शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा करेन्ट चाउचाउ लेखेको कार्टुनमा सामान लिएर राठीका प्रतिनिधि विमानस्थल पुगेका थिए । सुपारीको अवैध व्यापार वापतको रकम पठाउने भएकोले सौर्य एयरलायन्स प्रयोग गरिएको थियो ।

सौर्य एयरलायन्सका पोखरेल समेत सुपारी कारोबारी हुन् । सुरक्षा चेकपोष्ट भन्दा बाहिरबाट लगिएको उक्त सामानको विषयमा सूचना बाहिरीएपछि काठमाण्डौंमा पक्राउ गरिएको थियो । चाउचाउको उक्त कार्टुनमा एक हजार दरका ४९५० वटा र पाँच सय दरका १०० वटा गरी ५० लाख रुपैयाँ बरामद गरिएको थियो ।

सुपारीका आयातकर्ताले प्रतिकिलो ७ देखि ८ सयमा सुपारी बिक्री गरेर प्रतिकिलो २५० को बिल बनाउँदै आएका छन् । पुस लागेपछि उनीहरुले ३५० रुपैँयासम्म पु¥याएका छन् । नेपालका आयातकर्ताले गत असारदेखि आयातित सुपारी विक्री गर्न छन् ।
सुपारीका आयाकर्ता दिनेश राठीले सबैभन्दा बढी न्यून विजकीकरणमा सुपारीको विक्री गर्दै आएका छन् । उनै राठीले उक्त रकम पठाएको स्वीकार गरे । व्यापारी व्यापारी भएकोले मैले पैसा पठाउनु सामान्य कुरा हो, राठीले भने मेरो पसल बजारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्