विराटनगरमा जारी जुत्ताचप्पल मेलामा १० देखी ६० प्रतिशत सम्म छुट

<span class='c1'>विराटनगरमा जारी जुत्ताचप्पल मेलामा १०</span> <span class='c2'>देखी ६० प्रतिशत सम्म छुट</span>

विराटनगर । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ ।


‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर मार्केटमा नाम चलेका ३ वटा जुत्ताचप्पल कम्पनीका स्टल राखिएका छन् ।


महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएको मेला आयोजक सस्थाका एक सदस्य राघब विहानीले जानकारी दिए । मेलामा भर्खरै नयाँ नयाँ डिजाईनको जुत्ताचप्पल समेत ल्याएको विहानीले जानकारी दिए । दैनिकी ५ सयदेखी ८ सय जोर जुत्ता चप्पल बिक्री हुने गरेको उनेले सुनाए । मेलामा ग्राहकले सस्तो र राम्रो जुक्ता चप्पल मिल्ने भएका कारण ग्राहकहरुको पनि भीड त्यतिकै मात्रामा हुने गरेको मेला आयोजक समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्