विद्यार्थी संगठनद्वारा नोबेलका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता

<span class='c1'>विद्यार्थी संगठनद्वारा नोबेलका</span> <span class='c2'>विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले एमबीबीएसका विद्यार्थीमाथि अतिरिक्त शुल्कको नाममा गरेको अन्याय विरुद्ध विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । नोबेल पीडित विद्यार्थीको आन्दोलनमा ऐक्वद्धता जाहेर गर्दै विद्यार्थीहरुले मेडिकल कलेज प्रशासनको ज्यादती विरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी(ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै नोबेल मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्क असुली र ज्यादती प्रति घोर आपत्ती पनि जनाएको हो ।

‘हाम्रो संगठन नोबेल कलेजमा अध्यनरत विद्यार्थीहरुले गरेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै हामी यो आन्दोलनको साथमा रहेको जानकारी गराउँदछौं,’घिमिरेले भनेका छन्, ‘नोबेल मेडिकल कलेजले छिटोभन्दा छिटो विद्यार्थीको माग पूरा गरोस्, यदि त्यसो नभए अखिल क्रान्तिकारी मोरङ जिल्लाले अर्को कदम चाल्ने जानकारी गराउँदछौं ।’ घिमिरेले जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाका विद्यार्थीहरुले जायज मागहरु गर्दै विश्वविद्यालयले तोकेको शुल्क लिई चाँडोभन्दा चाँडो सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गरिएको छ ।

यसैगरी एमाले निकट अखिलले समेत विद्यार्थीको आन्दोलनप्रति ऐक्वद्धता जनाउँदै कलेज प्रशासन विरुद्ध उत्रिएको छ । नोबेलले विद्यार्थीसँग अतिरिक्त शुल्क लिन गरेको हर्कत विरुद्ध अखिलले विरोध जनाउँदै संघर्षमा उत्रिएको हो । अखिल नेता नविन पहाडीले नोबेलको ज्यादती कायमै रहे काठमाण्डौं विश्वविद्यालय विरुद्ध आन्दोलन गर्ने चेनावनी दिएका छन् । उनले नोबेलको एमबीबीएस कोटा कटाएर विद्यार्थीलाई अन्य मेडिकल कलेजमा भर्ना गराउनका लागि आन्दोलनमा उत्रनसक्ने चेतावनी दिएका हुन् ।
जर्बरजस्ती विद्यार्थीसँग शुल्क लिने मनसाय राखेर पढाई अवरुद्ध गरे विश्वविद्यालयले कोटा कटाउनु पर्छ भन्ने हाम्रो मान्यता छ, पहाडीले भने बारम्बार दुःख दिने नियत राखिरहे आन्दोलन कोटा कटाउन दवाव दिनेतर्फ केन्द्रीत गरिने छ । विद्यार्थीलाई अन्य मेडिकल कलेजमा अध्यापन गराउने वातावरण विश्वविद्यालयले गर्नुपर्ने पहाडीको तर्कछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्