सप्तकोशी डेभलपमेन्ट बैंकमा सिईओको जिम्मेवारी कुमार खड्कालाई

सप्तकोशी डेभलपमेन्ट बैंकमा सिईओको जिम्मेवारी कुमार खड्कालाई

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी कुमार खड्कालाई दिइएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई मंगलबारदेखि सिईओमा नियुक्त गरिएको हो ।

संचालक समितिको बैठकले सिइओमा खड्कालाई नियुक्ति गरेको बैंकका अध्यक्ष डा. अर्जुन बरालले जानकारी दिए । यसअघि बैंकको सिइओमा विराटनगरका नविन सुवेदी रहेका थिए । उनी बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला गरेको आरोपमा पक्राउ परेपछि संचालक समितिको बैठकले नयाँ सिइओ नियुक्ति गरेको हो ।

बैंकको रकम हिनामिना गरेको गरेको आरोपमा सिइओ सुवेदीसहित चार जना कर्मचारी पक्राउ परेका छन् । सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैंकदेखि पक्राउ गरेको थियो ।
प्रहरीले मंसिर १९ गते बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चारै जनलाई मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैंकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको हो ।

बैंक घोटाला प्रकरणमा सिईओ सुवेदीसहितको टिम संलग्न भएपनि निक्षेपकर्ता भने अहिलेसम्म अत्तालिएका छैनन् । बेंकले आफ्नो दैनिक कार्यसम्पादन यस अगाडी जस्तै गर्दै आएको छ । रेमिट्यान्सको रकम मात्रै हिनामिना भएकोले निक्षेपकर्तालाई कुनै असर नपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्