हेलिकप्टर खरिद गर्ने तयारीमा प्रदेश १ सरकार

हेलिकप्टर खरिद गर्ने तयारीमा प्रदेश १ सरकार

विराटनगर । विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ ।

विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको हो । विपदको समयमा राहत वितरण तथा आकस्मिक उद्वार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्दा कठिनाई उत्पन्न हुने गरेको बिषयलाई दृष्टिगत गर्दै सरकारले हेलिकप्टर खरिद गर्ने निर्णय गरेको हो । मङ्गलबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केदार कार्कीले सो बारे जानकारी दिएका हुन् ।

आफ्नै हेलिकप्टर भए विपद व्यवस्थापन कार्य प्रभावकारी बनाउन सकिने मन्त्री कार्कीले बताए । उनले प्रदेश सरकारको आफ्नो हेलिकप्टर नहुँदा केही दिनअघि मात्र ताप्लेजुङमा गोठ सार्दा हिउँमा पुरिएका बाबुछोराको उद्धार गर्न ढिलाई भएको दृष्टान्त प्रस्तुत गरे । उनले भने, 'प्रदेश १ बाढीपहिरो, आगलागी र हुरीबतास लगायतका विपदको उच्च जोखिममा छ । त्यसैले उद्धार र राहतका लागि हेलिकप्टर अत्यावश्यक छ ।'

प्रदेश सरकारको उच्चस्तरीय विपद व्यवस्थापन समितिले उद्धार र राहतका लागि आफ्नै हेलिकप्टरको खाँचो रहेको भन्दै खरिद गर्न सुझाव दिइसकेको छ । चाँडै नै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर एक थान हेलिकप्टर खरिदको प्रक्रिया अघि बढाईने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भने प्रत्येक पालिकामा हेलिप्याड बनाउने अघिल्लो सरकारको निर्णयले समेत यसवर्ष निरन्तरता पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्