विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका रमेश उप्रेती दुईलाख रुपिँया धरौटीमा छुटेका छन् । यो प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई ३६ वर्षिय रमेशलाई जिल्ला अदालत मोरङले दुईलाख धरौटी आदेश गरेको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीमा छाड्न आदेश गरेका छन् । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।