जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि यादव र पोखरेलको उम्मेदवारी दर्ता

<span class='c1'>जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका</span> <span class='c2'>लागि यादव र पोखरेलको उम्मेदवारी दर्ता</span>

विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सहकारी सङ्घको २९औँ साधारणसभा आइतबार हुँदै छ । अध्यक्षमा वीरेन्द्र यादव र डिल्ली पोखरेलले मनोनयन दर्ता गरेका हुन् ।

अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वती बराल, सचिवमा राकेश दाहाल, सहसचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । सर्वसम्मत भएका पदाधिकारी आफ्नो प्यानलको रहेको उनले बताए । नौ जना खुला कार्यसमिति सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको छ । सदस्यमा प्रभात खड्का, जीवन काफ्ले, कुलबहादुर श्रेष्ठ, कमलेश्वर ठाकुर, विजयकुमार सरदार, उमेश गुरुङ, ऋषिराज पौडेल, भीमबहादुर अधिकारी, चन्द्रप्रसाद भट्टराई, फडिन्द्रप्रसाद गडतौला, सुनिलदत्त अधिकारी, रामप्रसाद गजुरेल, गणेशप्रसाद उप्रेती, मेघराज तिम्सिना, हेरम्बराज भटट्राई, मित्रलाल गिरी, हीराकुमारी दाहाल, नवीनकुमार विश्वास, महेश आचार्यले उम्मेदवारी दिएका छन् ।

दुई महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा सीता शर्मा दाहाल, रितादेवी अधिकारी, सङ्गीता दाहाल, माया ओझा, कृष्णकुमारी थापा, तुलसी कुँवर विष्टले उम्मेदवारी दिएका हुन् । लेखा समिति संयोजकमा दुर्गा गौतम र गणेश निरौलाले उम्मेदवारी दिएका छन् । सदस्यमा सरिता शाक्य र गोविन्दप्रसाद निरौला सर्वसम्मत भएका छन् ।
उपाध्यक्ष सहित पाँच पदाधिकारीमा सर्वसम्मत भएपछि अध्यक्षका लागि निर्वाचन हुने अवस्था छ । कार्यसमितिसहितको प्यानल बनाएर निर्वाचनमा जाने दुवै पक्षको तयारी छ । पदाधिकारी बन्नका लागि एक कार्यकाल सदस्य हुनुपर्ने प्रावधान भएका कारण सदस्यको दाबेदार युवाहरू छन् । जिल्ला सहकारी सङ््घ मोरङमा तीन सय ९५ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्