नोबेलको अतिरिक्त शुल्क विरुद्ध विराटनगरमा सडक अवरुद्ध (फोटो फिचर)

नोबेलको अतिरिक्त शुल्क विरुद्ध विराटनगरमा सडक अवरुद्ध (फोटो फिचर)

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क बुझाउन दिएको दवावका विरुद्ध शुक्रबार विराटनगरमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् ।
मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै अध्ययनरत तथा अन्य विद्यार्थी संघसंगठनले कन्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् ।
विद्यार्थीहरुले नोबेलको मनोमानी विरुद्ध विभिन्न नारासहितका प्लेकार्ड बोकेर सडकमा बसेका छन् । उनीहरुको आन्दोलनका कारण सवारी आवागमन अवरुद्ध बनेको छ ।

नोबेल मेडिकल कलेजले नोबेलमा एमबीबीएस अध्ययनरत विद्यार्थीसँग विभिन्न शिर्षकमा अतिरिक्त शुल्क बुझाउन दवाव दिदैं आएको छ । अतिरिक्त शुल्क बुझाउन नमानेका विद्यार्थीलाई कक्षाकोठा प्रवेशमा रोक लगाइएको छ ।
विभिन्न चरणका आन्दोलन, माग सम्बोधन प्रस्ताव, छलफलबाट निकालिएको निष्कर्षलाई समेत वेवास्ता गरेपछि राज्यलाई दवाव पुग्ने गरी सडकमा विद्यार्थीहरु आएका हुन् । राजनीतिक दल र सरकारको संरक्षण रहेका कारण कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको माग सम्बोधन गर्ने मनसाय नराखेका कारण आन्दोलनले झन् उचाई लिन थालेको हो ।
नोबेलमा अध्ययन विद्यार्थीको आन्दोलनलाई विभिन्न राजनीतिक दलसम्वद्ध विद्यार्थी संगठनले समर्थन गर्दै विरोधमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्