उद्यशीलताको विकास सम्बन्धी विराटनगरमा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

उद्यशीलताको विकास सम्बन्धी विराटनगरमा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरका युवाहरूले उद्यमशीलताको विकास गर्न विराटनगरमा एकदिने उत्प्रेरणामूलक आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ ।


युवाहरूको ज्ञान र सिपलाई औद्योगिक विकासतर्फ उन्मुख गराउनका लागि विराटनगरमा एक दिने उद्यमशीलताको बाटो कार्यक्रम शुत्रबार सम्पन्न भएको हो ।
नेपाली युवा उद्यमी मञ्च विराटनगरको आयोजना तथा स्वीस कन्टेक्ट र आसमान नेपालले समन्वयकारी भुमिकामा उद्योग संघठन मोरङमा सम्पन्न भएको कार्यक्रम संयोजक रितेश खनालले जानकारी दिनुभयो ।
युवा उद्यमी गर्न चाहानेहरुको लागी उद्यमशीलतामा रुपान्तरण गर्न तथा वैदेशिक रोजगारीबाट फर्केर आएका वर्गलाई लक्षित गरि कार्यक्रम गरिएको संयोजक खनालले बताउनुभयो ।


आर्थिक उत्थान एवं राष्ट्रिय विकासमा युवाहरूको नेतृत्व क्षमताको अभिवृद्धिका साथै नवउद्यमीहरुको व्यावसायिक संजाल विस्तार एवं एकअर्काबीचको अनुभव आदानप्रदान गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रितेष खनालले जानकारी गराए ।
कार्यक्रममा २ जना उद्यमीहरुले एकअर्काको अनुभव सेयर गरेका थिए । कार्यक्रममा युवा उद्योगी, व्यवसायी,स्थानीय निकायका जनप्रतिनिधि,अर्थशास्त्री,प्राध्यापक,विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्