नेकपा एमाले मोरङको बन्द शत्र सुरु, कस्तो बन्दै छ जिल्ला कमिटी

<span class='c1'>नेकपा एमाले मोरङको बन्द शत्र सुरु,</span> <span class='c2'>कस्तो बन्दै छ जिल्ला कमिटी</span>

विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र अहिले जारी छ ।
विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्य रहेको छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिने जिल्ला अधिवेशन बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।


जिल्ला अधिवेसनले पाँचजना पदाधिकारी सहित १६५ जनाको जिल्ला कमिटी निर्वाचित गर्ने छ । जसमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र , उप सचिव दुई तथा १६० जना जिल्ला सदस्य रहने छन् । जिल्ला सदस्यहरुको प्रतिनिधित्वका लागि भूगोल, समावेशी, र खुल्ला गरी विभिन्न तीन क्षेत्रमा विभाजन गरिएको छ । जसमा भूगोलबाट १८ जना महिला सहित ६१ जना, समावेशी क्षेत्रबाट १६ जना महिला सहित ४६ र खुल्लाबाट २० जना महिला सहित ५३ जनाको कोटा निर्धाण गरिएको छ ।


भूगोल तर्फ महानगर पालिकाबाट दुई महिला सहित पाँच जना, हरेक नगरपालिकाबाट एक महिला सहित चार जना, हरेक गाउँपालिकाबाट एक महिला सहित तीन जना गरी गरी कुल ६१ जना जना जिल्ला सदस्य निर्वाचित हुनेछन् ।
त्यस्तै समावेशी तर्फ आदिवासी जनजाती क्षेत्रबाट पाँच जना महिला सहित १३ जना, दलित क्षेत्रबाट तीन महिला सहित सात जना, मधेशी र पिछडा वर्गबाट तीन महिला सहित नौ जना, मुस्लिमबाट दुई महिला सहित छ जना, अपाङगताबाट एक महिला सहित दुई जना र पेशागत क्षेत्रबाट दुई महिला सहित पाँच जना जिल्ला सदस्यहरु निर्वाचित हुनेछन् ।
भूगालेबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्यहरुले जिल्ला भित्रको हरेका स्थानीय तहबाट, खुल्लाबाट प्रतिनिधित्व गर्नेहरुले हलबाट, र समावेशी तर्फकाले तोकिएको समावेशी क्षेत्रबाट नमिनेशन गरी सम्बन्धित क्षेत्रबाट निर्वाचित भई आउनु पर्ने छ ।
यस पटक कमिटी निर्माणका लागि नेतृत्वले सर्वसम्मत नै गर्ने सोचाई बनाएकाले जिल्ला सदस्यहरुले आफ्नो कोटा भित्रबाट सर्वसम्मत गरेमा पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्