विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो । उक्त पदमा अन्यको उम्मेद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।
यसैगरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको बताइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । अन्तिम नामावली आजै प्रकाशन गर्ने कार्यक्रम छ । उम्मेदवारी फिर्ताको समय भोली दिउँसो ३ बजेसम्मका लागि राखिएको छ । मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।