विराटनगरका कवि दीपक शम्चू चितवनमा सम्मानित

विराटनगरका कवि दीपक शम्चू चितवनमा सम्मानित

विराटनगरका कवि दीपक शम्चू चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । चितवन साहित्य परिषद्ले कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि उक्त सम्मान गरेको हो । कवि शम्चूका साथै बझाङका कवि सोझो गाउँलाई मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार २०७७बाट सम्मान गरिएको छ ।

१३८औँ लेखनाथ जयन्तीको अवसरमा शनिबार चितवनमा आयोजित कार्यक्रममा दुबै स्रस्टालाई चितवन साहित्य परिषद्ले धनराशिसहित सम्मान गरेको हो ।

प्रमुख अतिथि गोविन्दराज विनोदी र चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले दुबै सम्मानित स्रष्टाहरुलाई सम्मान गर्नु भएको थियो ।

सम्मानपछि सम्मानित स्रस्टाका कृतिमाथि समीक्षात्मक टिप्पणी समेत गरिएको थियो । उक्त अवसरमा कवि दीपक शम्चूको `अनुहारमा आप्पा´ कवितासङ्ग्रहमाथि समालोचक पूर्णप्रसाद अधिकारीले टिप्पणी गर्नु भएको थियो भने सोझो गाउँलेको पुस्तक `मरुभूमिमा हिमपात´माथि कवि गणेश श्रमणले टिप्पणी गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्