रिले अनसन बस्न लागेका विद्यार्थीमाथि नोबेल प्रशासनको आक्रमण

<span class='c1'>रिले अनसन बस्न लागेका</span> <span class='c2'>विद्यार्थीमाथि नोबेल प्रशासनको आक्रमण</span>

विराटनगर । अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरुमाथि आईतबार नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्ने तयारीमा रहेका विद्यार्थी उपर कलेजका सुरक्षा गार्डले लाठी प्रहार गरेका हुन् । प्रहरीको आडमा भएको सुरक्षा गार्डको आक्रमणबाट आन्दोलित १ विद्यार्थीको टाउको फुटेको छ भने ३ जना गम्भीर घाईते भएका छन् । आक्रमणबाट अनेरास्ववियु सचिव किसन भगतको टाउनकोमा गहिरो चोट लागेको छ । बाँकी विद्यार्थी नेताहरु अभिमन्यु यादव, शिवरतन साह, शिवराम सहनी घाईते भएका हुन् । टाउकोमा चोट लागेको विद्यार्थीको अवस्था गम्भीर रहेको विद्यार्थी नेता कमल पोख्रेलले आवर विराटनगरलाई बताए ।

शुक्रबार नोबेल मेडिकल कलेज र विद्यार्थीहरुबिच भएको द्विपक्षीय वार्तामा मोरङ प्रशासनकै रोहबरमा नोबेल मेडिकल कलेजले आईतबारदेखि अनिश्चितकालका लागि एमबीबीएस १५ औं ब्याचको सम्पुर्ण कक्षा स्थगित गर्ने सहमति गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि चर्को नाराबाजी समेत गरेका थिए । त्यसपछि शनिबार एक अनौपचारिक बैठक बस्दै संयुक्त विद्यार्थी संगठनले आईतबारदेखि एमबीबीएसको कक्षा स्थगित गरिए रिले अनसन निर्णय गरेका थिए ।

सोही निर्णय बमोजिम आईतबार बिहान १० बजे रिले अनसन बस्ने तयारीमा जुटेका विद्यार्थीहरु उपर कलेज प्रशासनले आक्रमण गरेको हो ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्र्डौ विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्टे«शन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्