हिसान क्रिकेटमा विराटनगरका शिक्षादीप र लर्डबुद्ध विजयी

हिसान क्रिकेटमा विराटनगरका शिक्षादीप र लर्डबुद्ध विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा आईतबार भएको खेलमा शिक्षादिप र लर्डबुद्ध विजयी भएका हुन् । पहिलो खेलमा शिक्षादिपले अर्किड कलेजलाई ५ विकेट पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । जवाफमा १ सय ३० रनको चुनौती पछ्याएको शिक्षादिपले नेपालका यू–१९ का अन्तराष्ट्रिय खेलाडी दिपेश कडेलको अर्ध सतकको मदतले १८ दशमलव ५ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । दिपेश कडेलले अविजित ५८ रनको योगदान दिए । उनले ३२ बलमा २ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै सोमराज गणेशले २० रनको योगदान दिए । अर्किडका सुमन सुन्दासले सर्वाधिक ३ विकेट लिए । म्यान अफ द म्याच शिक्षादिपका कडेल घोषित भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष राईले २७ रन बनाउँदा सुमन सुन्दास र मनिष रजकले २०–२० रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले ३ विकेट लिँदा सुरज यादवले २ र दिपेश कडेलले १ विकेट लिए ।

दोस्रो खेलमा लर्डबुद्ध कलेजले नेशनल कलेजलाई ५० रनले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाई १ सय ७ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा विवेक साहले ३१ रन बनाउँदा सुमित शर्माले २० रनको योगदान दिए । नेशनलका सज्जाद आलमले सर्वाधिक ३ विकेट लिए । जवाफमा १ सय ८ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारत पुरै ओभर खेल्दै ८ विकेट गुमाई ५७ मा रनमा सिमित भयो । जस्मा आदेश साहले ५७ रन बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । लर्डबुद्धका म्यान अफ द म्याच अनिष कोइराला,राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए ।

सोमबारको पहिलो खेल भानु कलेज र सगरमाथा कलेज र दोस्रो खेल अरनिको कलेज र विकेभिएम बिच प्रतिस्पर्धा हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्