विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने

विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा आउँदो माघ १ गते विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ ।

क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट बिहान साढे ६ बजे हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँबाट २०० बढी प्रतियोगीहरु सहभागी हुनेछन् । प्रतियोगितामा काठमाण्डौंको त्रिभुवन आर्र्मी क्लबको समेत सहभागिता रहने आयोजक संस्थाकी अध्यक्ष जयश्री जाजुले बताईन् । उनीले प्रतियोगितामा सहभागी हुन प्रतियोगीले आफ्नै साइकल ल्याउनुपर्ने जानकारी दिईन् ।

आर्दश स्कुलबाट सुरु हुने साइक्लोथन ३.० मैत्रीपुर्ण साईकल रेस प्रतियोगिताले विराटनगरको विभिन्न भागलाई छुँदै कुल १६ किलोमिटरको दुरी तय गर्नेछ । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः आर्दश स्कुल परिसरमै आएर सम्पन्न हुने रेसका प्रतियोगीहरुका लागि आयोजकले प्रमाण–पत्र, मेडल, इभेन्ट ज्याकेट, क्याप र फुड बक्सको व्यवस्था गरेको छ ।

प्रतियोगिताको विजेताहरुका लागि भने प्रमाण–पत्र र मेडल सहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाकी अध्यक्ष जाजुले बताईन् । उनीले प्रतियोगिता अनुसार पुरुषतर्फको गियर र नन–गियर तथा महिलातर्फको प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय हुनेहरुका लागि क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिईन् । प्रतियोगितामा सहभागी हुन १ हजार रुपैयाँ तिरेर रजिष्ट्रेशन फारम भर्नुपर्ने उनको भनाई छ ।

लक्ष्मी बैंकको मुख्य प्रायोजनमा हुन गईरहेको साइक्लोथन भर्जन ३.० प्रतियोगितामा भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गरिने आयोजकको दाबी छ । प्रतियोगीहरुको स्वास्थ्य चेकजाँचपछि मात्र उनीहरुलाई रेसमा सहभागी हुन दिईने आयोजकको तयारी छ । प्रतियोगीहरुको स्वास्थ्य परीक्षणका लागि आयोजक क्लबले विराटनगरको गोल्डेन अस्पतालसँग सहकार्य गरेको छ । कार्यक्रम स्थलमा रक्तचाप र मधुमेह चेकजाँचका लागि अस्पतालको छुट्टै स्टल समेत रहने जनाईएको छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपुर्ण साईकल रेस प्रतियोगिताको आयोजना गरिसकेको छ । क्लबले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्न साईकल रेस प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसअघि दुईपटक आयोजित प्रतियोगिताबाट सङ्कलित रकमबाट संस्थाले विराटनगरको लखन्तरीस्थित श्री वेगनलाल विद्यालयलाई आवश्यक सहयोग गरेको छ । यसपटक आयोजित प्रतियोगिताबाट क्लबको ‘हङ्गर, नो लङ्गर’ को प्रोजेक्टलाई सहयोग पुर्‍याउने लक्ष्य रहेको क्लबको दाबी छ ।

साइक्लोथनमा सहभागी हुन भने ९८१९३९०९७२ र ९८५२०२३०९६ मा सम्पर्क गर्न सकिने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्