जिल्ला सहकारी संघको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित

<span class='c1'>जिल्ला सहकारी संघको अध्यक्षमा</span> <span class='c2'>डिल्ली पोखरेल निर्वाचित</span>

विराटनगर । जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा तेस्रो कार्यकालका लागि विराटनगरका डिल्ली पोखरेल निर्वाचित भएका छन ।

विराटनगरमा आईतबार सम्पन्न जिल्ला सहकारी संघको साधारणसभाबाट पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका हुुन् । निकट्तम प्रतिद्वन्द्वी विरेन्द्र यादवलाई २९ मतले पराजित गर्दै पोखरेल सहकारी संघको अध्यक्षमा विजयी भएका हुन । पोखरेलले १५६ मत प्राप्त गर्दा यादवले १२७ मत प्राप्त गरेका थिए । सहकारी संघको अध्यक्षमा निर्वाचित पोखरेल सहकारी संघ प्रदेश १ का अध्यक्ष पनि हुन् ।

आईतबार भएको साधारणसभाबाट सहकारी संघको लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम १४९ मत सहित विजयी भए । लेखासमिति संयोजकको अर्का उम्मेदवार गणेशप्रसाद निरौलाले १२३ मत ल्याउँदा गौतम २६ मतले विजयी भएका हुन् । यस्तै महिला सदस्यतर्फ सीता शर्मा दाहाल र संगिता दाहाल विजयी भइन् । सीता शर्माले १३९ र संगिताले १४१ मत प्राप्त गरिन ।

यसैगरि मतदानमा महिला सदस्यका उम्मेदवार माया ओझाले १३३, तुलसी कुँवर बिष्टले ११० मत प्राप्त गरेका थिए । सञ्चालक समिति सदस्य खुलातर्फ भने कमलेश्वर ठाकुर, विजयकुमार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित पोखरेलले भने आफ्नो जित सम्पूर्ण सहकारी कर्मीहरुकोे जित रहेको बताए । उनले आगामी दिनमा संघका सदस्यको हितलाई ध्यानमा राख्दै अघि बढ्ने जानकारी दिए । सहकारी अभियानलाई बढीभन्दा बढी सदस्यमाझ पुर्याउनु सबैको साझा दायित्व हुनुपर्ने उनकोे भनाई थियो ।

आईतबारको साधारणसभामा भने अध्यक्ष बाहेकका पदाधिकारी सर्वसम्मत भएका थिए । बरिष्ठ उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सह–सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्