विश्वविद्यालयका प्राध्यापकहरुका लागी वृत्तिविकास तालिम सम्पन्न

<span class='c1'>विश्वविद्यालयका प्राध्यापकहरुका लागी</span> <span class='c2'>वृत्तिविकास तालिम सम्पन्न</span>

विराटनगर । परम्परागत सिकाई पद्दतिमा परिवर्तनको आवश्यकता महसुस गर्दै प्राध्यापकहरुको अनौपचारिक सञ्जालले १ महिने बहुआयामिक कार्यशाला सम्पन्न गरेको छ ।

विश्वविद्यालयका प्राध्यापकहरुको वृत्तिविकासमा सहयोग पुर्याउन उद्देश्यसहित भर्चुअल माध्यमबाट उक्त कार्याशालाको आयोजना गरिएको थियो । कार्यशाला आईतबार सम्पन्न भएको हो । कार्यशालामा ८१ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । यसअघि पनि स्वयंमसेवी सञ्जालले सेमेस्टरमा आधारित शिक्षण तालिम, अनलाईन शिक्षण तालिम, अनुसन्धान र लेखन तालिम लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ


तर, यसवर्ष सम्पन्न कार्यशालाले भने परम्परागत शिक्षण सिकाई पद्दतिलाई नयाँ दिशानिर्देश र गति प्रदान गर्न सहयोग पुर्याउने विश्वास लिईएको कार्यक्रम संयोजक मोहन सुवेदीले बताए । उनले कार्यक्रमका लागि १५० जना आवेदक भएकोमा प्रस्तावना लेखाईको गुणस्तरको आधारमा १०० जना छनोट गरिएको जानकारी दिए ।


१ महिने कार्यशालाले भने समग्र त्रिभुवन विश्वविद्यालयलाई माथि उकास्न सहयोग गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्