विराटनगरको वरगाछीमा ‘वर स्तम्भ’ राखिने

<span class='c1'>विराटनगरको वरगाछीमा ‘वर</span> <span class='c2'>स्तम्भ’ राखिने</span>

विराटनगर । विराटनगर वरगाछी चौकको पहिचान फर्काउन वरको कृत्रिम स्तम्भ निर्माण गरिने भएको छ । स्थानीयले वरगाछीको पहिचान झल्काउन ‘वरगाछी’को स्तम्भ निर्माण गर्ने भएका हुन् ।

नेपाली काँग्रेस विराटनगर महानगरपालिकाका सभापति दिपक चापागाँईको अगुवाईमा आठ लाख लागतमा वरगाछी निर्माणको काम अगाडी बढेको छ । चापागाँई वरगाछी चौकवासी हुनुहुन्छ ।
सभापति चापागाँईका अनुसार २।५ मिटरको गोलाकार ब्यास निर्माण गरेर त्यसमाथि पाँच फिट अग्लो वरगाछी राखिने भएको छ । जसमा ट्राफिक लाइटको सुविधा र पानी फोहोराको आकर्षण हुने चापागाँईले जानकारी दिनुभयो । यसका लागि स्रोत समेत स्थानीय आफैंले जुटाउने भएका हुन् ।

वरको रुख भएका कारण वरगाछी नाम भएको उक्त चौकमा पछिल्लो समय लायन्स क्लवले स्तम्भ राखेको थियो । ट्रकले हानेर ढालिदिएपछि स्थानीयले त्यस स्थानको पहिचान फर्काउने किसिमको नयाँ स्तम्भ राख्ने भएका हुन् ।
राजमार्गमा स्तम्भ तथा प्रवेशद्वारा निर्माण गर्दा सडक विभागसँग अनुमति लिनुपर्ने हुन्छ । सडकसँग स्वीकृति नलिईकन बनाएको अवस्थामा जुनसुकै समयमा पनि भत्काउनसक्ने संभावना हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्