विद्यार्थी कुटने सेक्युरिटी कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै प्रहरीमा निवेदन

<span class='c1'>विद्यार्थी कुटने सेक्युरिटी कम्पनीको लाईसेन्स</span> <span class='c2'>खारेजीको माग गर्दै प्रहरीमा निवेदन</span>

विराटनगर । विद्यार्थीमाथि आक्रमण गर्ने सुरक्षा प्रदायक कम्पनीको लाईसेन्स खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले मोरङ प्रशासनमा निवेदन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्न लागेका विद्यार्थी उपर आक्रमण गर्ने सगरमाथा र विराट गोर्खा सेक्युरिटीज प्रा.लि.को लाईसेन्स खारेजीको माग गर्दै विद्यार्थी संगठनले आईतबार मोरङ प्रशासन र मोरङ प्रहरीमा निवेदन दिएका हुन् । सेक्युरिटी गार्डहरुले नियोजित रुपमा लाठी प्रहार गरि शान्तिपुर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई गम्भीर घाईते बनाएको निवेदनमा उल्लेख छ । गार्डहरुलाई लाठी प्रयोग गर्न निषेध गरिएको भएपनि गैह्रकानुनी कार्य लगाउने सेक्युरिटी कम्पनीहरुको इजाजत पत्र खारेज गरि दोषीलाई कारबाही हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरु आईतबार रिले अनसनमा बस्ने तयारीमा थिए । तर, प्रहरीको आडमा सुरक्षा गार्डले उनीहरु उपर लाठीले आक्रमण गरेका थिए । आक्रमणबाट १ विद्यार्थीको टाउको फुटेको थियो भने ३ जना गम्भीर घाईते भएका थिए । आक्रमणबाट अनेरास्ववियु सचिव किसन भगतको टाउकोमा गहिरो चोट लागेको थियो । बाँकी विद्यार्थी नेताहरु अभिमन्यु यादव, शिवरतन साह, शिवराम सहनी घाईते भएका थिए ।

शुक्रबार नोबेल मेडिकल कलेज र विद्यार्थीहरुबिच भएको द्विपक्षीय वार्तामा मोरङ प्रशासनकै रोहबरमा नोबेल मेडिकल कलेजले आईतबारदेखि अनिश्चितकालका लागि एमबीबीएस १५ औं ब्याचको सम्पुर्ण कक्षा स्थगित गर्ने सहमति गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि चर्को नाराबाजी समेत गरेका थिए । त्यसपछि शनिबार एक अनौपचारिक बैठक बस्दै संयुक्त विद्यार्थी संगठनले आईतबारदेखि एमबीबीएसको कक्षा स्थगित गरिए रिले अनसन निर्णय गरेका थिए ।

सोही निर्णय बमोजिम आईतबार बिहान १० बजे रिले अनसन बस्ने तयारीमा जुटेका विद्यार्थीहरु उपर कलेज प्रशासनले आक्रमण गरेको हो ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्र्डौ विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्