शिक्षामन्त्रीलाई कोरोना

<span class='c1'>शिक्षामन्त्रीलाई</span> <span class='c2'>कोरोना</span>

विराटनगर । शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी–पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिएका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए । कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्