विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थी वैभव अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिका प्रस्थान

<span class='c1'>विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थी वैभव</span> <span class='c2'>अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिका प्रस्थान</span>

विराटनगर ।विराटनगर इन्टरनेशनल कलेजमा बेलायतको व्लरभरह्यामपटन विश्वविद्यालयको इन्टरनेशनल विजनेस म्यानेजमेन्टमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वैभव नाहाटा अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा अमेरिका प्रस्थान गरेका छन् ।

नाहाटा अमेरिकी सरकारको छात्रवृत्तिमा बिद्यार्थी एक्चेन्ज कार्यक्रम अन्तर्गत बिभिन्न एजेन्डा सहित अमेरिका गएका हुन् । उनले त्यहाँ रहदा मिसिसिपि विश्वविद्यालयमा ४ महिने विजनेस म्यानेजमेन्ट कोर्षमा अध्ययन गर्ने साथै बिभिन्न अन्य समारोह तथा बिभिन्न प्रोजेक्ट वोर्कहरुमा सामेल हुने कार्यक्रम रहेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

बिद्यार्थीलाई विश्वका ठुला बिश्वबिध्यालय तथा विश्व बजारका बिभिन्न अवसरहरुमा सक्षम बनाउन कलेज सधै सफल हुदै आएको कार्यकारी वाग्लेको भनाइ छ ।

उनको ४ महिनाको विद्यार्थी एक्सचेन्ज प्रोग्राममा उनले अमेरिकामा पढाइ साथै विभिन्न स्टेटको भ्रमण तथा त्यहाँ रहेका युवा विद्यार्थीहरुसंग संवादका कार्यक्रम पनि रहेको कलेजले जनाएको छ ।
उनी नेपालमा युवामाझ निकै लोकप्रिय पब्लिक स्पिकर समेत रहेका छन । उनको सकसेस सोसाइटी इन्टरनेशनल नामक संस्था पनि रहेको छ ।

यसका साथै , उक्त कलेजबाट हरेक बर्ष २ जना बिद्यार्थी बेलायत, १० जना थाईल्याण्डको एक्सपोजर क्याम्पको लागि जादै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्