विराटनगरका विद्यालय माघ १ गतेदेखि मात्रै बन्द हुने

<span class='c1'>विराटनगरका विद्यालय माघ १</span> <span class='c2'>गतेदेखि मात्रै बन्द हुने</span>

विराटनगर । संघीय सरकारले कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न विद्यालय बन्द गर्ने निर्णय गरेपनि विराटनगर महानगरपालिकाका विद्यालयहरु भने थप चारदिन सञ्चालन हुने भएका छन् । विद्यालयहरुले पूर्वनिर्धारत परीक्षाको कार्यसूची प्रकाशित गरेका कारण महानगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालन हुने भएका हुन् ।

सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सूचना प्रकाशित गरेको थियो । विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार जिल्लास्थित कोभिड क्राईसिस मेनेजमेन्ट समितिको निर्णयका आधारमा माघ १ गतेपछि विद्यालय बन्द राखिने जानकारी दिनुभयो ।

संघीय सरकारको निर्णय अगाडी नै मोरङको हकमा माघ १ गतेदेखि विद्यालय बन्द राख्ने निर्णय भईसकेको थियो, महाशाखा प्रमुख खतिवडाले भन्नुभयो–त्यसैको आधारमा विराटनगर महानगरपालिका भित्रका विद्यालयको पूर्वनिर्धारित परीक्षा लगायतका कार्यक्रम सम्पन्न गर्न दिइने भएको हो ।

विराटनगरका विद्यालयमा अहिले विद्यार्थीलाई संक्रमण समेत नदेखिएको दावी महाशाखा प्रमुख खतिवडाको छ । संक्रमणको जोखिम सामान्यस्तरमा समेत नदेखिएका कारण परीक्षा सम्पन्न हुँदासम्मको चार दिनलाई विद्यालय सञ्चालन गर्ने स्वीकृति प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्