हिसान क्रिकेट : सगरमाथा र अरनिको क्वाटर फाईनलमा प्रवेश

हिसान क्रिकेट :  सगरमाथा र अरनिको क्वाटर फाईनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् ।

विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका हुन् । दुवै कलेज क्वाटर फाईनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा सगरमाथाले भानु कलेजलाई ३ रनको झिनो रन अन्तरले पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो । टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई ८३ रनको स्कोर खडा गरेको थियो । जसमा चन्द्रशेखर कामतले २५ रन बनाउँदा केदार कामतले पनि २५ रनको योगदान दिएका थिए । भानुका चन्द्र कार्कीले १ विकेट लिए । जवाफमा ८४ रनको चुनौती पछ्याएको भानुले निर्धारित पुरै ओभर खेल्दै ५ विकेट नोक्सानीमा ८० रन मात्र जोड्न सक्यो । जसमा कमर जामिलले ३२ रन बनाउँदा मोहम्मद नियाज अन्सारीले १३ रनको योगदान दिएका थिए ।

सगरमाथाका चन्द्रशेखर कामतले सर्वाधिक २ विकेट लिए । खेलको म्यान अफ द म्याच सगरमाथाका अलराउण्डर खेलाडी चन्द्रशेखर कामत घोषित भए । दोस्रो खेलमा अरनिको कलेजले विकेभिएम कलेजलाई १० विकेटले पराजित गर्दै कवाटर फाईनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सबै विकेट गुमाई ८९ रनको सामान्य स्कोर खडा गरेको थियो ।

जसमा सुजल भट्टराईले सर्वाधिक अविजित २४ रनको योगदान दिए । अरनिकोका अभिषेक बरालले ३ विकेट लिँदा दिपुकुमार स्वर्णकारले २ विकेट लिए । जवाफमा ९० रनको सामान्य लक्ष्य पछ्याएको अरनिकोले ९ दशमलव १ बलमा बिना क्षति जित निकालेको हो । जसमा अंकित मण्डलले अभिजित ३८ रन बनाउँदा दिपुकुमार स्वर्णकारले अभिजित १९ रनको योगदान दिए । अरनिकोका अलराउण्डर खेलाडि म्यान अफ द म्याच दिपुकुमार स्वर्णकार घोषित भए ।

मंगलबारको पहिलो खेल कान्तिपुर कलेज र शिक्षादीप कलेज बिच भएको छ भने दोश्रो खेल अरनिको कलेज र लर्डबुद्ध कलेजबिच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्