नोबेल प्रवेशद्वारमा टायर बालेर प्रदर्शन

नोबेल प्रवेशद्वारमा टायर बालेर प्रदर्शन

विराटनगर । नोबेलको अतिरिक्त शुल्क विरुद्ध आन्दोलनले झन् उग्ररुप लिदैं गएको छ । नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् ।

विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कलेजअगाडि मंगलबार टायर बालेर प्रदर्शन गरेका छन् । मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।
विद्यार्थीले शिक्षण अस्पताल प्रवेश गर्ने मूलगेटमै टायर बालेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफीयाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको एमविविएसतर्फको शुल्कभन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको विरोधमा १५ दिनदेखि लगातार आन्दोलन हुँदै आएको छ ।

नोबेलले ७३ जना विद्यार्थीबाट अतिरिक्त शुल्क माग गर्दा अस्वीकार गर्दै आएका छन् । अतिरिक्त शुल्क अस्वीकार गर्ने विद्यार्थीलाई मंसिर १९ गतेदेखि हुने कक्षामा सामेल गराइएको छैन । शुल्क बुझाउने २७ विद्यार्थी मात्रै कक्षामा पस्न पाएका छन् । स्थानीय प्रशासनको निर्देशनलाई समेत अटेर गर्दै नोबेलले विद्यार्थीका माग सम्बोधनप्रति चासो देखाएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्