विराटनगर भन्सारबाट हुने आयात–निर्यातमा रुट परिवर्तन, सुनसरीको सेतुबन्धबाट बुधबारदेखि मालवस्तु भित्र्याईने

विराटनगर भन्सारबाट हुने आयात–निर्यातमा रुट परिवर्तन, सुनसरीको सेतुबन्धबाट बुधबारदेखि मालवस्तु भित्र्याईने

विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाले भारतको सहमतिपछि कर्मचारी व्यवस्थापनको काम सुरु गरिएको छ । मंगलबार सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित सरोकारवाला पक्षको बैठक बसेको थियो, अधिकृत ढुंगालाले भन्नुभयो–सेतबन्ध नाकाबाट प्रवेश गरेका मालवहाक सवारीलाई स्कटिङ्ग गरेर विराटनगर भन्सार कार्यालयसम्म ल्याईने भएको छ । त्यसका लागि सुरक्षाको जरुरी पर्ने भएकाले स्थानीय प्रशासनसँग भन्सार प्रशासनले छलफल गरेको होृ ।

विराटनगर आईसिपी क्षेत्रबाट चार किलोमिटर दक्षिणमा रहेको भारतको मीरगञ्ज खोलाको पुलन गत बिहीबार क्षतिग्रस्त बनेको थियो । त्यसयता विराटनगर भन्सार कार्यालयबाट हुने आयात–निर्यात प्रभावित बन्दै आएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भारतीय पक्षले सुनसरीको नाका प्रयोग गर्न सहमति दिएपछि आवश्यक जनशक्ति व्यवस्थापन काम सुरु गरिएको बताउनुभयो ।

भीमनगर–सेतुबन्ध नाकाबाट सवारी भित्र्याउँदा थप ११० किलोमिटर दुरी बढ्ने छ । व्यवसायीले थप एक हजार रुपिँया ढुवानी खर्च बढ्ने चिन्ता व्यक्त गरेका छन् । मीरगञ्ज पुलपारी नेपालका लागि मालवस्तु बोकेर आएका झण्डै सातसय सवारी लाइनमा रहेका छन् । भन्सारका सूचना अधिकृत ढुंगानाले क्रमशः जाममा रहेका मालवहाक सवारीलाई भण्टाबारीबाट भित्र्याएपछि स्कर्टिङ्गमा विराटनगर भन्सारसम्म ल्याइने छ ।
यस अघि २०७४ साल साउन महिनामा आएको बाढीले पनि मीरगञ्ज खोलाको पुनलाई क्षतिग्रस्त बनाएको थियो । त्यसबेला दशमहिनासम्म नाका परिवर्तन गरेर आयात–निर्यात सेतुबन्ध भन्सारबाट भित्र्याइएको थियो ।

आयात–निर्यात प्रभावित हुँदा विराटनगर राजश्व असुली समेत घटेको छ । रुट परिवर्तन हुँदा समेत आयात–निर्यातमा झन्झट थपिएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भन्सार सहजीकरणमा ध्यान नपुगे आयात–निर्यातमा धेरै असजिलो हुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्