हिसान क्रिकेट : शिक्षादीप र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

हिसान क्रिकेट : शिक्षादीप र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा शिक्षादीप र अरनिको कलेज विजयी भएका छन् ।

विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा शिक्षादीप र अरनिको विजयी भई सेमिफाईनलमा प्रवेश गरेका हुन् । मंगलबार भएको पहिलो खेलमा शिक्षादीपले कान्तिपुर कलेजलाई २८ रन अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १०९ रनको सामान्य स्कोर खडा गरेको थियो । जसमा कृष्ण चौधरीले ३५ रन बनाउँदा रविन राजवंशीले २५ रन र रामरिजन यादव तथा निलेश देवले १०–१० रनको योगदान दिएका थिए । कान्तिपुरका बाबु गोइत र पप्पु यादवले २–२ विकेट लिँदा सुमन यादव र पप्पु मण्डलले १–१ विकेट लिए ।

जवाफमा ११० रनको सामान्य चुनौती पछ्याएको कान्तिपुरले १६ दशमलव १ बलमा सबै विकेट गुमाई ८१ रन मात्र जोड्न सफल भयो । जसमा भोला सेठले २२ रन बनाउँदा मोहम्मद सकिम र कृष्ण गुप्ताले ११ र १७ रनको योगदान दिए । शिक्षादिपका म्यान अफ द म्याच रामरिजन यादवले ३ विकेट लिए । त्यस्तै मोहम्मद मुम्ताजले २ विकेट लिँदा मनिष घिमिरेले पनि २ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले लर्डबुद्ध कलेजलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश लियो । टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सबै विकेट गुमाई ८३ रनको झिनो लक्ष्य दिएको थियो । जसमा विवेश साहले १४ रन जोड्दा सुमित शर्माले १२ रन र शिशिर चौधरीले ११ रनको योगदान दिए । अरनिकोका अंकित मण्डलले ४ विकेट लिए । मण्डलले ३ दशमलव ५ बल बलिङ गर्दै १८ रन दिए । त्यस्तै अभिषेक बरालले २ विकेट लिँदा ऋषि यादवले पनि २ विकेट लिए । जवाफमा ८३ रनको झिनो लक्ष्य पछ्याएको अरनिकोले ११ दशमलव २ बलमा ४ विकेट विजय लक्ष्य पार गरेको थियो । जसमा अंकित मण्डलले २७ रन बनाउँदा दिपु कुमार स्वर्णकारले १८ रन तथा योगश कहरले अविजित १२ रनको योगदान दिए । लर्डबुद्धका आदित्य राजले २ विकेट दिए । अरनिकोका अलराउण्डर खेलाडी अंकित मण्डल खेलको म्यान अफ द म्याच घोषित भए ।

बुधबारको पहिलो खेल सगरमाथा कलेज र काशी क्याम्पस तथा दोस्रो खेल अरनिको कलेज र ग्रिनल्याण्ड कलेजबिच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्