माघ १५ सम्म विराटनगरका विद्यालय बन्द राख्न महानगरको निर्देशन

माघ १५ सम्म विराटनगरका विद्यालय बन्द राख्न महानगरको निर्देशन

विराटनगर । विद्यार्थीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको भन्दै विराटनगर महानगरपालिकाले माघ १५ सम्म विद्यालय बन्द गर्न निर्देशन गरेको छ ।

बुधबार एक सुचना जारी गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले पौष २९ गतेदेखि माघ १५ सम्म विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन गरेको हो । महानगरपालिकामा सञ्चालित केही विद्यालयका विद्यार्थीहरुमा समेत कोरोनाको संक्रमण पुष्टि भएकाले उनीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै १५ दिनका लागि पठनपाठन स्थगित गर्न सुचित गरिएको महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए । उनले कोरोनाको चेनबे्रक गर्न विद्यालयको हिउँदे बिदाबाट कट्टा हुने गरि केहीदिनका लागि पठनपाठन स्थगित गर्न निर्देशन गरिएको जानकारी दिए ।

बुधबार पठनपाठन बन्द सम्बन्धी एक सुचना जारी गर्दै महानगरपालिकाले पौष ३० गतेसम्म परीक्षा भईरहेको विद्यालयहरुले जेड आकारमा स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरि बहु सिफ्टमा परीक्षा सञ्चालन गर्न गराउन अनुरोध गरेको छ । यसका साथै महानगरले पठनपाठन बन्द भएको अवधिमा ‘सिकाई सहजीकरण निर्देशका, २०७७’ ले निर्दिष्ट गरे बमोजिमका क्रियाकलाप समेत अनिवार्य रुपमा सञ्चालन गराउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्