हिसान क्रिकेट : अरनिको कलेज फाईनलमा, कोशी सेमिफाईनलमा

<span class='c1'>हिसान क्रिकेट : अरनिको</span> <span class='c2'>कलेज फाईनलमा, कोशी सेमिफाईनलमा</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाईनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा बुधबार भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को अन्तिम क्वाटर फाईनलको खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशी क्याम्पस सेमिफाइनलमा प्रवेश छ । टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा निखिल यादव, विविक किक्रम केसी, सुान मण्डलले १८–१८ रन बनाउँदा अजितकुमार अटलले १३ रन, योगेश कहरले १२ रन तथा प्रतिक यादव र अविशेक बरालले १०–१० रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका अनिल यादवले २ लिँदा जिवेश यादवले १ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । जस्मा दिपक विकले अविजित ३३ रन बनाउँदा आषिश मण्डलले अविजित १७ रन र जितेन्द्र कामतले १५ रनको योगदान दिए । अरनिकोका म्यान अफ द म्याच अविशेक बराल र निखिल यादवले २–२ विकेट लिँदा चन्दनल यादव र अ‍ैकित मण्डलले १–१ विकेट लिए ।

यस अघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेरे पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो । जस्मा सञ्जय साहले २६ रन जोड्दा रञ्जन कामतले २४ दरन तथा विकाश दासले १४ रनको योगदान दिए । सगरमाथाका केदार कामतले २ विकेट र गणेश राजले १ विकेट लिए । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सिमित भयो । जस्मा चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन जोडे । कोशीका विकाश दासले ह्याट्रिकसहित ४ विकेट दिए । उनी खेलकोे म्यान अफ द म्याच घोषित भए ।

विहिबारको अन्तिम सेमिफाइनल खेल शिक्षादिप कलेज र कोशी क्याम्पसबिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्