नियमावली खारेज गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालतद्वारा सदर

<span class='c1'>नियमावली खारेज गर्ने प्रदेश सरकारको</span> <span class='c2'>निर्णय उच्च अदालतद्वारा सदर</span>

विराटनगर । प्रदेश नं. १ सरकारविरुद्ध परेको एउटा रिट आज उच्च अदालत विराटनगरले खारेज गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९ गते गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने निर्णय सदर गर्दै उच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गरेको हो । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासको फैसलाबमोजिम प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली खारेज गर्ने प्रदेश नं. १ सरकारको निर्णय सदर भएको छ । संसदबाट विश्वासको मत नै नलिई पूर्ववर्ती सरकारले गरेको जथाभावी नियुक्ति खारेज गर्ने मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारको नीतिबमोजिम नियमावलीसँगै प्रतिष्ठान खारेजीमा परेको हो । प्रतिष्ठानमा पछिल्लो समयमा केही सदस्य थप नियुक्ति गरिएका थिए ।

यस सम्बन्धी परेको रिटमा आज भएको बहसमा प्रदेश नं.१ सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले बहस गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्