नोबेल अतिरिक्त शुल्क प्रकरण : विधिपुर्वक सुनिल शर्माको पुत्ला दहन

<span class='c1'>नोबेल अतिरिक्त शुल्क प्रकरण :</span> <span class='c2'>विधिपुर्वक सुनिल शर्माको पुत्ला दहन</span>

विराटनगर । अतिरिक्त शुल्क प्रकरण विरुद्ध आन्दोलित विद्यार्थीहरुले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् ।

पौषको पहिलोे हप्तादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगाडि विधिवत रुपमा सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । उनीहरुले सञ्चालक शर्माको कृत्रिम शव बनाएर अस्पताल परिसर परिक्रममा गर्दै मुलद्वारमा विधिवत रुपमा दहन गरेका हुन् । कलेजले एमबीबीएसका विद्यार्थीहरुको माग सम्बोधनका लागि हालसम्म कुनै प्रयास समेत नगरेकोले विधिवत रुपमा सञ्चालक शर्माको शतगति गरिएको विद्यार्थी नेता कमल पोख्रेलले बताए । विद्यार्थीहरुको माग सुनुवाईमा कुनै पहल नभएको बिषयले नोबेलका सञ्चालक ‘अब यस संसारमा छैनन्’ भन्ने महसुश भएकाले विधिवत उनको कृत्रिम शवको दाह संस्कार गरिएको विद्यार्थी नेता पोख्रलले जानकारी दिए ।

‘नोबेलको तर्फबाट विद्यार्थीहरुको जायज माग सुनुवाईका निम्त्ति कुनै पहल भएको छैन् । सञ्चालक मौन छन् । जिउँदो मान्छे यस्तो हुँदैन । जिउँदो मान्छे यस्तो कुरा टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यसैले सुनिल शर्मा अब यो संसारमा छैनन् भन्ने महशुस भएकाले आज हामीले उनको शतगति गरेका हौं । भगवानले उनको आत्मालाई शान्ति प्रदान गरुन ।’

चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित नोबेलले विभिन्न शीर्षकमा ३५ देखि ४० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै पौषको पहिलो हप्तादेखि नोबेलका विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । आयोेगले तोकेको भन्दा अन्य अतिरिक्त शुल्क लिन नपाईने, होस्टेल अनिवार्य गर्न नपाईने, होस्टेलको नाममा चर्को शुल्क असुल गर्न नपाईने र अतिरिक्त शुल्कको नाममा विद्यार्थीहरुलाई डराउन धम्क्याउन तथा मानसिक तनाव दिन नपाईने उनीहरुको माग छ । तर, महिनादिन बित्न लाग्दा पनि कलेजले उनीहरुको माग सम्बोधनमा कुुनै तदारुकता देखाएको छैन् । उल्टै, गएको पौष २५ गते रिले अनसन बस्न लागेका विद्यार्थीहरु उपर कलेजले प्रहरीको आडमा सुरक्षा गार्ड भिडाएर आक्रमण समेत गरेको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्टे«शन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्