विराटनगर जेसिजको ४९ औ पदस्थापन कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगर जेसिजको ४९ औ</span> <span class='c2'>पदस्थापन कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर जेसिजका नव निर्वाचित पदाधिकारीहरुको ४९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार विराटनगरको होटल इष्टर्न स्टारमा पदाधिकारीहरुको पद हस्तान्तरण सम्पन्न भएको हो । गएको पौैष २२ गते विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट देवचन्द्र घिमिरे वर्ष २०२२ का लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए । निर्वाचनबाट विराटनगर जेसिजको वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनाश थापा, कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल निर्वाचित भएका थिए । निर्वाचनले जेसिजको उपाध्यक्षमा दिपा साह, अमित अग्रवाल, स्वरुप खनाल र मिलाप कर्णलाई निर्वाचित गरेको थियो । यस्तै विराटनगर जेसिजको जनसम्पर्क अधिकारीमा भने निरज ढकाल निर्वाचित भएका थिए ।

बिहीबार एक भव्य कार्यक्रमको आयोजना गरि उनीहरुलाई पद हस्तान्तरण गरिएको छ । जेसिज वर्ष २०२१ का अध्यक्ष प्रदिप दाहालले वर्ष २०२२ का नव निर्वाचित अध्यक्ष देवचन्द्र घिमिरेलाई पदस्थापन गराएका हुन । निवर्तमान अध्यक्ष दाहालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै वर्ष २०२२ का अध्यक्ष घिमिरेले निर्वाचित कार्यसमितिलाई पदस्थापन गराएका हुन् । पदस्थापन अघि वर्ष २०२२ का नव निर्वाचित अध्यक्षले घिमिरेले विराटनगर जेसिजको महासचिवमा सुभाष भण्डारी, कोषाध्यक्षमा सन्तोष आचार्य, कानुनी सल्लाहकारमा प्रितेशराज दाहाल र सह–सचिवमा सिद्धार्थ साहलाई मनोनित समेत गरेका छन् ।

बिहीबारको पदस्थापनमा अध्यक्षबाट मनोनित हुनेमा अवार्ड छनोट संयोजक उज्ज्वल खरेल, रिकगनाईजिङ संयोजक टिपी आचार्य, सामाजिक परिचालन संयोजक पप्पु साह, संघ–संस्था समन्वय संयोजक रञ्जन कुमार शाही, स्वास्थ्य संयोजक गोमा भण्डारी, महिला सशक्तिकरण संयोजक पुजा शर्मा, आर्थिक वृद्धि संयोजक गौरव नेपाल, सदस्य वृद्धि संयोजक शिव शंकर मण्डल, सदस्य समन्वय संयोजक अभिषेक भट्टराई, शाखा सम्पादक प्रशान्त घिमिरे, प्रकरण निर्देशक आर के मण्डल, अन्तर शाखा संयोजक पञ्कज सापकोटा र कर्पोरेट संयोजक अमित कर्ण रहेका छन् ।

सोही अवसरमा बोल्दै विराटनगर जेसिजका नव निर्वाचित अध्यक्ष देवचन्द्र घिमिरेले आफ्नो कार्यकालमा जेसिज गाउँको अवधारणा तयार पार्ने बताए । उनले जेसिजसँग समाजलाई जोड्दै जेसिजको अभियानलाई हरेक तह र तप्कासम्म पुर्याउने जानकारी दिए । उनले भने, ‘मैले मेरो कार्यकालमा विभिन्न सीपमुलक तालिमको व्यवस्था गरि युवालाई उद्यमशील बनाउन पहल गर्नेछु ।’

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने कार्यमा अब्बल रहेको बताए । उनले विराटनगर जेसिजले ४९ औं वसन्त सफलतापुर्वक पार गर्न लागेको भन्दै जेसिजलाइ सहयोग गर्न आफु सदैव तत्पर रहेको जिकिर गरे । उनले जेसिजको स्वर्ण जयन्तीको अवसरमा पुर्ननिर्माण गर्न लागिएको सभाहलका लागि विराटनगर महानगरपालिका आवश्यक सहयोगका लागि तयार रहेको आश्वासन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जेसिजका संस्थापक अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले विराटनगर जेसिजको गरिमालाई कायम राख्दै अहिलेको अवस्थासम्म आर्ईपुग्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिए । नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणीले विराटनगर जेसिजको गरिमालाई कायम राख्न अबको नेतृत्व सक्षम हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा भने वर्षभरि उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाइ सम्मानित समेत गरिएको थियो । जसमा उत्कृष्ट बोर्ड सदस्य अवार्डबाट सदस्य कविराज दाहाल, निमा अवार्डबाट अमित अग्रवाल, कम्युनिटी प्रोग्राम को–अर्डिनेटर अर्वाडबाट दिपा साह, सुर्य कस्तुरी अवार्डबाट शिव शंकर मण्डल र जेसिज मेमोरियल अवार्डबाट प्रशान्त घिमिरेलाई सम्मानित भए ।

यसैगरि वर्षभरि विभिन्न महिनामा उत्कृष्ट कार्य गर्ने सदस्यहरुमध्ये जेसिज अफ द मन्थबाट जनवरीमा रमेश अधिकार, फेब्रुअरीमा विकास रौनियार, मार्चमा मिलाप कर्ण, अप्रिलमा दिपा साह, मेमा अमित अग्रवाल, जुनमा प्रशान्त घिमिरे, जुलाईमा राजन पराजुली, अगस्टमा गौरव नेपाल। सेप्टेम्बरमा अमरनाथ साह, अक्टोबरमा राजिव तापडिया, नोभेम्बरमा स्वरुप खनाल र डिसेम्बरमा प्रितेशराज दाहाल सम्मानित भए ।

कार्यक्रममा भने नेपाल जेसिजका महासचिव कृष्ण सापकोटा, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना र राष्ट्रिय अध्यक्षका प्रेस सल्लाहकार हरिस भट्ट सहित विराटनगर जेसिजका पुर्व अध्यक्ष, नेपाल जेसिजका विभिन्न शाखाका अध्यक्ष, जुनियर जेसिज अध्यक्ष तथा विभिन्न संघ–सस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको जेसिजको जनसम्पर्क अधिकारी निरज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्