बतास अर्गनाईजेसनलाई फसाउन खोजिएको भन्दै उद्योग संगठन मोरङको विज्ञप्ति

बतास अर्गनाईजेसनलाई फसाउन खोजिएको भन्दै उद्योग संगठन मोरङको विज्ञप्ति

विराटनगर । नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया भाडा प्रकरण सम्बन्धमा बतास अर्गनाइजेशन विरुद्ध अर्नगल प्रचार भईरहेको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग संगठनले निजी क्षेत्रका उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस रुपमा हतोत्साहित पार्ने कार्य भईरहेको भन्दै आपत्ति जनाएको हो । बतास अर्गनाईजेशन विरुद्ध विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा अनर्गल प्रचार गरि नियोजित रुपमा फसाउन खोजिएको उद्योग संगठन मोरङको ठहर छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालनका लागी भाडामा दिने गरि नियमानुसार टेण्डर आव्हान गरिएको र उक्त टेण्डर प्रक्रियाबाटै बतास अर्गनाइजेशनले आफ्नो व्यावसाय अघि बढाएको उद्योग संगठन मोेरङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘टेण्डर प्रक्रियाबाटै बतास अर्गनाईजेशन अन्र्तगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट छनौट भएको तथा २०७७ पुष १७ गते बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबिच क्याफेटेरिया सञ्चालन सम्बन्धमा द्विपक्षीय सम्झौता भए पश्चात बतास अर्गनाइजेशनले आफ्नो व्यवसाय अघि बढाएकोमा हाल आएर उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस हतोत्साहि पार्ने, फसाउने कार्य भईरहेको छ ।’

नेपाल सरकारको स्थापित कानुन तथा अधिकार प्राप्त जिम्मेवार निकायबाट भएको निर्णयका सन्दर्भमा निर्णय गर्ने प्रक्रियामा संलग्नलाई चोखो देखाउदै सबै दोष उद्यम व्यवसाय गर्ने एक उद्यमीमाथि थोपर्ने दुष्प्रयास भएको संगठनको आरोप छ । कानुनको शासन तथा उद्यम गर्न पाउने संवैधानिक अधिकारको समेत बर्खिलाफ रही नितिगत निर्णय र निति निर्माणमा संलग्नहरुलाई चोख्याउदै निजी क्षेत्रलाई मात्रै एकतर्फी रुपमा प्रहार गर्न खोजिएको संगठनको ठहर छ ।

उद्योग संगठनले बतास अर्गनाइजेशनप्रति भएको ज्यादतीपुर्ण व्यवहारको खण्डन गर्दै सत्यतथ्य छानबिनका लागि नेपाल सरकारसँग माग गरेको छ । संगठनले भने सञ्चार माध्यमलाई समेत समग्र निजी क्षेत्रको नै मनोबल गिराउने गरि सत्यतथ्यलाई तोडमोड गरि समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्