‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ को उपाधि धरानलाई

‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ को उपाधि धरानलाई

विराटनगर । विराटनगरमा सम्पन्न ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ को उपाधि लियो क्लब अफ धरानले हात पारेको छ ।

लियो क्लब अफ दमक युनाईटेडलाई ९–४ गोलान्तरले पराजित गर्दै धरान विजयपुरले फुटसल कप–२०२२ को उपाधि हात पारेको हो । विजयपुरले यसअघि पनि २०२० मा आयोजित फुटसल कपको उपाधि हात पारेको थियो । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाद्वारा यही पौष २८ गतेदेखि दुई दिवसीय तेश्रो संस्करणको फुटसल कप आयोजना गरिएको थियो । विराटनगरको मेनरोडस्थित विराटेश्वर शिव मन्दिर पश्चिम ‘द फुटसल हब’ मा भएको इन्डोर फुटबल प्रतियोगितामा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका १५ वटा क्लबबिच प्रतिस्पर्धा भएको थियो । खेलमा सुनसरीको ६, मोरङको ६ र झापाकोे ३ वटा क्लबहरुले सहभागिता जनाएका थिए । विभिन्न कारणले लियो क्लब अफ विराटनगर ग्लोबल प्रतियोगितामा सहभागी हुन नसकेका क्लबका थर्ड भाईस प्रेसिडेन्ट आर्यन बाँस्कोटाले बताए । उनले बुुधबार बिहान साढे ७ बजेदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन ९ र दोश्रो दिन फाईनल सहित ५ वटा खेल भएको जानकारी दिए ।

प्रतियोगिताको विजेताको उपाधि हात पारेको लियो क्लब अफ धरान विजयपुरले प्रमाण–पत्र, मेडल र शिल्ड सहित रु. २५ हजार १२५ रुपैयाँको नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उप–विजेता बनेको दमक युनाईटेडले पनि मेडल र प्रमाण–पत्र सहित १० हजार १२५ रुपैयाँको नगद पुरस्कार प्राप्त गरेको छ । लायन्स क्लब ३२५ ए वानका पास्ट गर्भनर लिला ढुंगेलले विजेता र उप–विजेता टीमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

खेलमा म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट, बेस्ट गोल किपर र बेस्ट स्ट्राइकरका लागि पनि मेडल र पुरस्कारको व्यवस्था गरिएको थियो । आयोजकले भने यसअघि दुईपटक ईन्टर लियो रनिङ शिल्ड फुटसल कप आयोजना गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्