संक्रान्तिको अवसर पारेर शनिबार विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता

संक्रान्तिको अवसर पारेर शनिबार विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा शनिबार मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ ।

क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर शनिबार साइक्लोथन ३.० हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट बिहान साढे ६ बजे हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँबाट २०० बढी प्रतियोगीहरु सहभागी हुनेछन् । प्रतियोगितामा काठमाण्डौंको त्रिभुवन आर्र्मी क्लबको समेत सहभागिता रहने आयोजक संस्थाकी अध्यक्ष जयश्री जाजुले बताईन् । हाल प्रतियोगिताको तयारी धमाधम भईरहेको उनीले जानकारी दिईन् । उनीले भनिन्, ‘हामीले प्रतियोगिताको दौरान स्वास्थ्य सुरक्षाको बिषयलाई समेत बिशेष ध्यान दिएका छौं । कोभिडको जोखिमलाई दृष्टिगत गर्दै मास्क अनिवार्य गरेका छौं । सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन हामीले आग्रह समेत गरेका छौं ।’

आर्दश स्कुलबाट सुरु हुने साइक्लोथन ३.० मैत्रीपुर्ण साईकल रेस प्रतियोगिताले विराटनगरको विभिन्न भागलाई छुँदै कुल १६ किलोमिटरको दुरी तय गर्नेछ । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः आर्दश स्कुल परिसरमै आएर सम्पन्न हुने रेसका प्रतियोगीहरुका लागि आयोजकले प्रमाण–पत्र, मेडल, इभेन्ट ज्याकेट, क्याप र फुड बक्सको व्यवस्था गरेको छ ।

प्रतियोगिताको विजेताहरुका लागि भने प्रमाण–पत्र र मेडल सहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाकी अध्यक्ष जाजुले बताईन् । प्रतियोगितामा पुरुषतर्फको गियर र नन–गियर तथा महिलातर्फको प्रतियोगितामा पहिलो, द्वितीय र तृतीय हुनेहरुका लागि क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उनीले जानकारी दिईन् ।

लक्ष्मी बैंकको मुख्य प्रायोजनमा हुन गईरहेको साइक्लोथन भर्जन ३.० प्रतियोगितामा भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गरिने आयोजकको दाबी छ । प्रतियोगीहरुको स्वास्थ्य चेकजाँचपछि मात्र उनीहरुलाई रेसमा सहभागी हुन दिईने आयोजकको तयारी छ । प्रतियोगीहरुको स्वास्थ्य परीक्षणका लागि आयोजक क्लबले विराटनगरको गोल्डेन अस्पतालसँग सहकार्य गरेको छ । कार्यक्रम स्थलमा रक्तचाप र मधुमेह चेकजाँचका लागि अस्पतालको छुट्टै स्टल समेत रहने जनाईएको छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपुर्ण साईकल रेस प्रतियोगिताको आयोजना गरिसकेको छ । क्लबले हरेक वर्र्ष आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्न साईकल रेस प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसअघि दुईपटक आयोजित प्रतियोगिताबाट सङ्कलित रकमबाट संस्थाले विराटनगरको लखन्तरीस्थित श्री वेगनलाल विद्यालयलाई आवश्यक सहयोग गरेको छ ।

यसपटक आयोजित प्रतियोगिताबाट क्लबको ‘हङ्गर, नो लङ्गर’ को प्रोजेक्टलाई सहयोग पुर्‍याउने लक्ष्य रहेको क्लबको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्