परिवर्तित स्वरुपका साथ विराटनगरको श्री कृष्ण पार्टी प्यालेस पुनः सञ्चालनमा

परिवर्तित स्वरुपका साथ विराटनगरको श्री कृष्ण पार्टी प्यालेस पुनः सञ्चालनमा

विराटनगर । विराटनगर–११ स्थित श्री कृष्ण पार्टी प्यालेस नयाँ आयाम र परिवर्तित स्वरुपका साथ पुनः सञ्चालनमा आएको छ ।

बसपार्क पश्चिम होटल लाईनमा रहेको पार्टी प्यालेस फरक नाम र नयाँ सञ्चालक टिमका साथ शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । विराटनगरकै ३ युवाले एसकेपिपि रेष्ट्रो एण्ड लजका नामले उक्त पार्टी प्यालेस पुनः सञ्चालनमा ल्याएका हुन् । शुक्रबार माघे संक्रान्तिकोे पुर्व सन्ध्यामा एक भव्य कार्यक्रमको आयोजना गरि रेष्ट्रो एण्ड लजको उद्घाटन गरिएको छ ।

विगत १ दशकदेखि मात्र पार्टी प्यालेसको रुपमा सञ्चालन हुँदै आएको श्री कृष्णलाई फरक नाम दिएर आउट डोर रेष्टुरेन्ट सहितको सुविधा थप गर्दै पुनः सञ्चालनमा ल्याईएको सञ्चालक मुकेश यादवले बताए । उनले आउट डोर एण्ड इन्डोर रेष्टुरेन्ट, मिटिङ हल, लाईभ म्युजिक र होटल एण्ड लज सहितका सेवा सुविधालाई थप व्यवस्थित बनाउँदै रेष्ट्रो एण्ड लजमा पुनः सञ्चालनमा ल्याईएको जानकारी दिए । उनले भने, ‘हामीले बाहिर र भित्र रेनोभेसनको काम गरेर रेष्ट्रो एण्ड लजलाई नयाँ स्वरुप प्रदान गर्ने प्रयास गरेका छौं ।’

शुक्रबारदेखि सञ्चालनमा आएको रेष्ट्रो एण्ड लजमा अबको एक हप्तासम्म नियमित लाईभ म्युजिकको व्यवस्था गरिएको छ । ओपनिङ विकको रुपमा आउँदो बिहीबारसम्म रेष्ट्रो एण्ड लजमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको लाईभ प्रस्तुतिको प्रबन्ध मिलाईएको छ । आउँदो बुधबार भने एक चर्चित नेपाली गायकको बिशेष प्रस्तुतिको व्यवस्था समेत गरिएको जनाईएको छ । यसका अतिरिक्त हरेक हप्ताको शुक्रबार एसकेपिपि रेष्ट्रो एण्ड लजमा फरक कलाकारहरुको लाईभ म्युुजिक हुने प्रबन्ध मिलाईएको सञ्चालक मुकेश यादवले आवर विराटनगरलाई बताए । ‘हामीले स्थानीय कलाकारहरुलाई ठाउँ दिने प्रयास गरेका छौं । यसले उहाँहरुलाई पनि स्थापित हुुन थप सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘बिशेष कार्यक्रमहरुमा मात्र राष्ट्रिय कलाकारहरुलाई बोलाउँछौं ।’

शुक्रबार गायक श्रीजन खतिवडा र ब्याण्डमा कृश्चल आले मगरको साङ्गितिक प्रस्तुति रहेको एसकेपिपिमा शनिबार त्रिलोक बाँसतोल, आशिष कर्ण र रोहन आले मगरको लाईभ म्युजिकको व्यवस्था गरिएको छ । रेष्ट्रो एण्ड लजमा हाल ६ वटा नन–एसी रुम सहित मिटिङ हलको समेत उचित प्रबन्ध छ । विराटनगरका दिपेश कटवाल, मिङमा तामाङ योन्जन र मुकेश यादव एसकेपिपि रेष्ट्रो एण्ड लजका नयाँ सञ्चालक टीम हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्