विराटनगरमा भएको साईकल रेस प्रतियोगितामा सुरज र उषा विजेता (फोटो फिचर)

विराटनगरमा भएको साईकल रेस प्रतियोगितामा सुरज र उषा विजेता (फोटो फिचर)

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा साईकल दौड सम्पन्न भएको छ ।


क्लबले ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउने उदेस्यका साथ माघे संक्रान्तिको अवसर पारेर शनिबार साइक्लोथन गरेको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलमा विविध कार्यक्रम कार्यक्रम गरी साईकल दौड गरेको थियो । साईकल दौड गर्नुअगाडी सहभागीहरुलाई सामुहिक रुपमा योगा डान्स गराएको थियो ।


लक्ष्मी बैंकको मुख्य प्रायोजनमा भएको कार्यक्रमलाई विराटनगरमा रहेका विभिन्न सामाजिक संघसस्थाले सहकार्य गरेका थिए ।
साइक्लोथन भर्जन ३.० प्रतियोगितामा भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गरि कार्यक्रम आयोजना गरिएको थियो । साईकल दौड हुन अगाडी विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली , मोरङ प्रहरी प्रमुख जनार्दन जिसी , जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी काशी राज दाहालले दौडको उद्धघाटन गरेका थिए ।


प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँबाट १ सय भन्दा बढी प्रतियोगीहरु सहभागी भएका थिए । आर्दश स्कुलबाट सुरु भएको प्रतियोगिता हस्पिटल चौक, रामजानकी मन्दिर , रामपुर, सुनसरीको देवानगन्ज गाँउपालीका हुदै ईक्राई , नोवेल अस्पताल र ठूलोमिल हुदै १९ किलोमिटरको बाटो तय गरि पुन आर्दश स्कुलमा पुगेको थियो ।


प्रतियोगितामा पुरुष तर्फ सुरज राना मगर प्रथम, हिमाल टमटा द्धितीय,र लक्ष्मण मल्ल तृतिय भएका थिए । त्यसैगरी विना गियरमा प्रेमसिङ मनाङगे, प्रथम, संञ्जय लम्साल द्धितिय, अच्युत पराजुली तृतीय भए भने महिला तर्फ उषा खनाल प्रथम, मञ्जुकुमारी खड्का द्धितिय, र इन्द्रकदा नेम्वाङ तृतीय भएका थिए । प्रतियोगीहरुलाई क्रमस ३० हजार,१५ हजार र १० हजार प्रदान गरिएको थियो । समाजसेवी बेनीगोपाल मुन्दडा, क्लवकी अध्यक्ष जयश्री जाजु लगायतले मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए ।
रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपुर्ण साईकल रेस प्रतियोगिताको आयोजना गरिसकेको छ । क्लबले हरेक बर्ष आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्न साईकल रेस प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्