विराटनगरस्थित इष्टर्न इन्जिनियरिङ कलेजमा सिमित सिटका लागि भर्ना खुल्ला

विराटनगरस्थित इष्टर्न इन्जिनियरिङ कलेजमा सिमित सिटका लागि भर्ना खुल्ला

विराटनगर । मोरङको विराटनगरस्थित इष्टर्न कलेज अफ इन्जिनियरिङले स्नातक तहको विभिन्न संकायमा सिमित सिटका लागि आवेदन खुल्ला गरेको छ ।

कलेजले माघ ५ गतेसम्मका लागि ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङमा आवेदन खुल्ला गरेको हो । कलेजले सिभिलमा ९६, कम्प्युटरमा ३० र इलेक्ट्रोनिक्समा ३० सिटका लागि आवेदन खुलाएको हो । दोब्बर दस्तुर सहित माघ ९ गतेसम्मका लागि आवेदन फारम भर्न सकिने कलेजले जनाएको छ ।

इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरुको बढ्दो आकर्षणलाई सम्बोधन गर्न आजभन्दा २१ वर्षअघि कलेजकोे स्थापना भएको थियो । बिक्रम सम्वत् २०५७ सालमा स्थापना भई हालसम्म सञ्चालनमा रहेको इष्टर्न इन्जिनियरिङ कलेज पछिल्लो समय प्रदेश १ कै उत्कृष्ट कलेजको रुपमा विकास हुुँदै गईरहेको छ । मुलुकलाई आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कलेजको योगदान उल्लेखनीय रहेको कलेजका प्राचार्य इन्जिनियरिङ अमित सुरानाले बताए । दुई दशक लामो शैक्षिक अनुुभव बटुलेको यस क्याम्पसले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतलाई दक्ष प्राविधिक जनशक्ति प्रदान गर्दै आएको उनले जानकारी दिए । उनले भने, ‘इष्टर्न इन्जिनियरिङ कलेज उच्च स्तरीय गुणात्मक शिक्षा प्रदान गर्न प्रतिबद्ध छ ।’

दक्ष तथा अनुभवी प्राध्यापक, कुशल व्यवस्थापक, सुविधा सम्पन्न शैक्षिक संरचना, इन्जिनियरिङ प्रयोगशाला, उत्कृष्ट वातावरण र अनुशासित विद्यार्थी कलेजका गहनाहरु हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्