१३ सुत्रीय माग सहित शिक्षकहरूले बुझाए प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र

<span class='c1'>१३ सुत्रीय माग सहित शिक्षकहरूले बुझाए</span> <span class='c2'>प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र</span>

विराटनगर । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले विभिन्न माग सहित प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

समितिले सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई १३ सुत्रीय माग सहितको ज्ञापन–पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना र केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेत सहितको टोलीले मुख्यमन्त्री राईलाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्र मार्फत् प्रदेश नं. १ को शिक्षा ऐन र नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोप सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यको मापदण्डको पुर्ण कार्यान्वयन सहित विद्यालय सञ्चालनको वातावरण तयार गर्नुपर्ने संगठनको माग छ ।

प्रदेशमा न्युनतम बेतनमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा आवश्यक दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्नुपर्ने बिषय समेत ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । ज्ञापन–पत्र मार्फत् उमेरको हद नाघेका राहत शिक्षकलाई शिक्षा सेवा आयोगको परीक्षामा सहभागी गराउनुपर्ने बिषयमा समेत प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

यसका अतिरिक्त शिक्षा सेवा मर्यादित बनाउन कर्मचारीभन्दा शिक्षकको तलब १० प्रतिशतले वृद्धि गर्नुपर्ने र प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने लगायतका बिषयवस्तु समेत ज्ञापन–पत्रमा अटाईएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्