दोस्रो वडाअध्यक्ष कप : टिडब्ल्युवाईसी र मिल्स क्लब सेमिफाईनलमा

दोस्रो वडाअध्यक्ष कप : टिडब्ल्युवाईसी र मिल्स क्लब सेमिफाईनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्ल्युवाईसी र मिल्स भेट्रान्स क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

विराटनगर=१७ स्थित खेल मैदानमा सोमबार भएको पहिलो खेलमा रानी युवा क्लबलाई ३–० गोलान्तरले पराजित गर्दै टिडब्ल्युवाईसी सेमिफाइनलमा पुगेको हो । टिडब्ल्युवाईसी ईश्वर खवासले २ गोल र केवल महर्जनले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रानी युवा क्लबका पवन राई घोषित भए । सोही दिन भएको दोस्रो खेलमा पोखरिया फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मिल्स भेट्रान्स क्लब पनि सेमिफाइनलमा पुगेको छ । मिल्सको तर्फबाट विजय डंगोलले २ गोल र सुमित डंगोलल १ गोल गरेका थिए । पोखरियाको तर्फबाट आशिष थापाले सान्तवना गोल फर्काए । म्यान अफ म्याच पोखरियाका आशिष थापा घोषित भए ।

मंगलबारको पहिलो सेमिफाइनल खेल भने लालीगुराँस स्पोर्टिङ क्लब र विराट बुद्ध फुटबल क्लबबिच हुनेछ । माघ ८ गते हुने फाइनलमा विजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँको साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्