बालिका बलात्कार प्रयास आरोपमा पक्राउ परेका कोइराला विरुद्ध म्याद थप

<span class='c1'>बालिका बलात्कार प्रयास आरोपमा पक्राउ</span> <span class='c2'>परेका कोइराला विरुद्ध म्याद थप</span>

विराटनगर । बालिका बलात्कारको प्रयास आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका प्रदेश समिति सदस्य शिव कोइरालालाई म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोमबार जिल्ला आदलत मोरङमा ‘जवरजस्ती करणी गर्ने उद्योग’ मा प्रहरीले पाँच दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको हो ।

जवरजस्ती करणी उद्योगमा २५ दिनसम्म न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । दश वर्षीया बालिकालाई बलात्कार प्रयास गरेर फरार कोइराला हिजो पक्राउ परेका थिए ।

मोरङको बुढीगंग गाउँपालिका-१ टंकिसनवारी घर भएका कोइरालाले शुक्रबार बालिकालाई बलात्कार प्रयास गरेपछि स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्