विराटनगरमा जारी जुत्ताचप्पल मेला अरु एक महिना समय थपियो

विराटनगरमा जारी जुत्ताचप्पल मेला अरु एक महिना समय थपियो

विराटनगर । विराटनगरमा जारी जुत्ताचप्पल मेला एक महिनाको लागी बढाइएको छ । गत पुष २ गतेबाट विराटनगर भाटभटेनी छेउ सुपर मार्केटमा जारी मेला आगामी माघ २९ गते सम्म समयअवाधी थप गरिएको हो ।


‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ ।
‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर मार्केटमा नाम चलेका ३ वटा जुत्ताचप्पल कम्पनीका स्टल राखिएका छन् ।
महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएको मेला आयोजक सस्थाका एक सदस्य राघब विहानीले जानकारी दिए ।
मेलामा भर्खरै नयाँ नयाँ डिजाईनको जुत्ताचप्पल समेत ल्याएको विहानीले जानकारी दिए । दैनिकी ५ सयदेखी ८ सय जोर जुत्ता चप्पल बिक्री हुने गरेको उनेले सुनाए । मेलामा ग्राहकहरुलाई स्वास्थ्य मापदण्डका कुरामा ख्याल गर्दै जुत्ता चप्पल मेला आगामी माघ २९ गते सम्म समय बढाइएको विहानीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्