जिल्ला प्रशासन मोरङको सेवा आलोपालो प्रणालीमा, कुन स्थानीय तहको पालो कुन दिन ?

जिल्ला प्रशासन मोरङको सेवा आलोपालो प्रणालीमा, कुन स्थानीय तहको पालो कुन दिन ?

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक सेवाप्रवाहलाई आलोपालो प्रणालीबाट प्रदान गर्ने भएको छ । सेवाग्राहीको अति भिडभाड हुने स्थानीय प्रशासनले सेवा क्षेत्र भित्रका स्थानीय तहलाई आलोपालो प्रणालीबाट सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता जारीको कामका लागि सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा र जहदा गाउँपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार सेवा प्रदान गर्ने भएको छ । यसैगरी विराटनगर महानगरपालिका, कटहरी र धनपालधानका सेवाग्राहीलाई सोमबार र बिहीबार, बेलबारी नगरपालिका, ग्रामथान र केराबारी गाउँपालिकालाई मंगलबार र शुक्रबार सेवाप्रवाह गर्ने निर्णय गरेको हो ।

माघ ५ गते (भोलि) देखि आलोपालो प्रणालीमा सेवा प्रदान गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिनुभयो । उहाँले महामारीको समयमा सार्वजानिक सेवा प्रवाहका कामहरुलाई निरन्तर राख्नका लागि आलोपालो प्रणाली लगाइएको जानकारी दिनुभयो ।

मोरङमा मालपोत कार्यलय विराटनगरका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक बाहेकको सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म कुनैपनि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छैन । त्यस बाहेक कोसी अस्पतालका कर्मचारी र विराटनगर महानगरपालिका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी जिल्ला प्रशासनसँग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्