दोस्रो वडाअध्यक्ष कप : विराट बुद्ध क्लब सेमिफाइनलमा

दोस्रो वडाअध्यक्ष कप : विराट बुद्ध क्लब सेमिफाइनलमा

विराटनगर । दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा विराट बुद्ध फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।

विराटनगर–१७ स्थित खेल मैदानमा मंगलबार भएको खेलमा गुराँस स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विराट बुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । जीतको लागि विराट बुद्धका प्रविन चौधरीले २ गोल गरेका थिए । दुई गोल गर्ने प्रविन खेलको म्यान अफ द म्याच घोषित भए । बुधबारको खेलमा विराट युथ क्लब र टिडब्ल्युवाइसी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

माघ ८ गते हुने फाइनलमा भने विजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँको नगद पुरस्कार सहित ट्रफी समेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्