विराटनगरमा उद्योग संगठन मोरङद्धारा मास्क लगाऔं, कोरोना भगाऔं अभियान

<span class='c1'>विराटनगरमा उद्योग संगठन मोरङद्धारा मास्क</span> <span class='c2'>लगाऔं, कोरोना भगाऔं अभियान</span>

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा मास्क लगाउँ, कोरोना भगाउँ अभियान सुरु गरेको छ । विगत केही दिनयता वढदो क्रममा रहेको कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले आजदेखि विराटनगरमा मास्क लगाऔं, कोरोना भगाऔं अभियान शुरु गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विराटनगरको विभिन्न भिड हुने स्थानहरुमा लाई सात दिनसम्म चलाईने छ । यस अभियान अन्तर्गत मास्क नलगाई हिडनु हुने मानिसहरुलाई निःशुल्क मास्क प्रदान गरी मास्क लगाउन अभिप्रेरित गरिएको छ ।

कोभिड १९ को वढदो संक्रमणले आममानिसको जनजिवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमितको संख्या वृद्धि भई विरामीको चाप वढने क्रममा रहेको अवस्थामा संक्रमण फैलिन रोक्ने अचुक विकल्पको रुपमा रहेको मास्कको प्रयोग आममानिसलाई प्रेरित गर्ने संगठनले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्