बर्जुमा भएको घटनाले साउण्ड सिस्टम व्यावसायी घरको घाटको, १ करोड ७ लाखको क्षति

बर्जुमा भएको घटनाले साउण्ड सिस्टम व्यावसायी घरको घाटको, १ करोड ७ लाखको क्षति

विराटनगर । सुनसरीको बर्जुगाँउपालीका ६ स्थित चिमडीमा जारी बर्जु महोत्सवको घटना अहिले सर्वत्र चासो र जिज्ञासाको विषय रहेको छ । महोत्सवको अन्तिम दिन माघ ४ गते मंगलबार भारतिय भोजपुरी कलाकार खेशरीलाल यादव नआएको भन्दै स्थानीयले महोत्सवमा आगजनी र तोडफोड गरेका थिए ।


महोत्सवमा खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका थिए । बर्जुतालमा भएको घटना अहिले सञ्चारमाध्यदेखी सामाजिक संजाल फेशबुक र टिकटकमा समेत भाईरल बनिरहेको छ ।


कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका थिए । स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको छ । यद्यपि, घटनाबारे यकीन विवरण भने हालसम्म प्राप्त भएको छैन् । यता साउण्ड सिस्टम व्यावसायी संघ विराटनगरले भने घटनाबारे देख प्रकट गर्दै क्षतिपुर्तीको माग राखेका छन् ।
साउण्ड सिस्टम व्यावसायी संघ विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी बर्जुतालमा भएको घटनामा एक करोड बढीको साउण्ड सिस्टदमा क्षति पुगेको बताएका छन् ।


उक्त महोत्सवमा विराटनगरमा रहेको एस एम साउण्ड सिस्टमको सामान लगिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्सवमा मुख्य कलाकार नभएको झोकमा दर्शकहरुको आक्रोसित हुलदुङ्गा हुदाँ स्टेजमा लगाइएको लाईट, साउण्ड सिस्टम स्टेज सामान गरी १ करोड ७ लाखको क्षति पुगेको एस.एम साउण्ड सिस्टमका संचालक जाहिद हुसेनले जानकारी दिए ।
यता सुनसरीको बर्जुातालमा भएको घटना निन्दनिय र दुखदायी भएको साउण्ड सिस्टम व्यावसायी संघका केन्द्रिय अध्यक्ष विनोद कठेतले बताउनुभयो । उहाले पनि साउण्ड सिस्टममा पुगेको सम्र्पुण क्षति आयोजकले नै व्याहोर्नु पर्ने बताउनुभयो । आयोजकले क्षतिपुर्ति नदिएसम्म चरणबद्ध सघर्षका कमद चालिने चेतवानी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्