दोस्रो वडाअध्यक्ष कप : टिडब्ल्युवाइसी क्लब फाईनलमा

दोस्रो वडाअध्यक्ष कप : टिडब्ल्युवाइसी क्लब फाईनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्ल्युवाइसी क्लब फाईनलमा पुगेको छ ।

विराटनगर – १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसी फाईनलमा पुगेको हो । जितको लागि टिडब्ल्युवाइसीका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो । मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडबलूवाइसिका विरेन्द्र लिम्बु घोषित भए ।

बिहीबार विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्लबबिच प्रतिस्पर्धा हँुदैछ । माघ ८ गते हुने फाईनलमा विजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँको साथै ट्रफी समेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्