विराटनगरमा किराना सामानहरु अनलाईन खरिदका लागि ‘एसडी मार्ट’

विराटनगरमा किराना सामानहरु अनलाईन खरिदका लागि ‘एसडी मार्ट’

विराटनगर । अनलाईन माध्यमबाट किरानाका सामानहरु खरिद बिक्री गर्नका लागि विराटनगरमा ‘एसडी मार्ट’ सञ्चालनमा आएको छ ।

विराटनगरको महेन्द्र चोकस्थित पुस ३० गतेदेखि उक्त एसडी मार्ट सञ्चालनमा आएको हो । विराटनगरकै एक युवाले कोरोना महामारीको जोखिमलाई दृष्टिगत गर्दै उक्त अनलाईन सेवा सञ्चालनमा ल्याएका हुन् । विराटनगरलाई केन्द्रित गरेर सञ्चालनमा ल्याईएको एसडी मार्टमा हरेक किसिमका किरानाका सामानहरु बजारभन्दा सस्तो मुल्यमा उपलब्ध रहेको जनाईएको छ । उपभोक्ताले अर्डर गरे अनुसारको सामान १ घण्टाभित्र निःशूल्क डेलिभर गर्ने गरि एसडी मार्ट सञ्चालनमा ल्याईएको जानकारी दिईएको छ ।

एसडी मार्टले सामान अर्डरका गर्नका लागि मोबाइल नम्बर र अनलाईन लिंक उपलब्ध गराएको छ । एसडी मार्टको ९८४७२००७८२ मा फोन गरेर अथवा यो लिङ्कमा क्लिक गरेर सामन अर्डर गर्न सकिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्