विराटनगर । मोरङको विराट चोकमा अपरिचित २ जना युवाद्धारा एक ट्रक चालकको कान काटेर फरार भएका छन् । बुधबार राती ट्रक चालकको कान अपरिचित युवाहरुले काटिदिएर फरार भएको मोरङ प्रहरीले जनाएको छ ।
पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङले जानकारी दिनुभयो ।
गएराती राती १२ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको डीएसपी
कान काट्न कुन हतियार प्रयोग गरिएको थियो भन्ने बारेमा पनि खुलेको छैन ।
चालकको अवस्था गम्भीर रहेका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।