नोबेल मेडिकलका सञ्चालकलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

<span class='c1'>नोबेल मेडिकलका सञ्चालकलाई पक्राउ</span> <span class='c2'>गर्न  गृहमन्त्रालयको निर्देशन</span>

विराटनगर । गृहमन्त्रालयले चिकित्सा शिक्षा आयोगले निर्धारण गरे भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको हो । मन्त्रालयले बिहीबार पत्र पठाउँदै नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका सञ्चालक डा.शुनिल शर्मालाई नियन्त्रणमा लिएर मुद्दा चलाउन निर्देशन दिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गृहले पत्र पठाएकोले त्यस अनुसार स्थानीय प्रशासनले कारवाहीको प्रक्रिया बढाउने बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेकको शुल्क बुझाउन विद्यार्थीमाथि दवाव बढाउँदै आएको नोबेलका सञ्चालकलाई पक्राउ गर्न स्थानीय प्रशासनले प्रहरी परिचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गत बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर एमबीबीएस अध्ययनरत विद्यार्थीको विषयमा सञ्चालकले लिएको बढी शुल्क बारे छलफल गर्नु भएको थियो । त्यसक्रममा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने शिक्षण संस्थालाई कारवाही अगाडी बढाउने सहमति भएको थियो । त्यसैका आधारमा बिहीबार नै गृहले स्थानीय प्रशासनलाई आवश्यक कागजात माग गरेर विद्यार्थी ठगी विरुद्ध नियन्त्रणमा लिएर कारवाही चलाउन पत्राचार गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्याय, काठमाण्डौं विश्वविद्यालय, काठमाण्डौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच पुस ३० गते छलफल भएको थियो । त्यस क्रममा चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क बाहेकका उपशिर्षकमा विद्यार्थीबाट रकम लिन नपाईने सहमति भएपनि कार्यन्वयन भएको छैन ।

गृह मन्त्रालयले स्थानीय प्रशासनलाई कारवाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएसँगै विद्यार्थी तथा अभिभावकको उजुरी बिना पनि आवश्यक छानविन तथा अनुसन्धानका लागि सञ्चालकलाई नियन्त्रणमा लिनसक्ने छ । यता, गृहबाट पत्र प्राप्त भएसँगै जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत संयुक्त विद्यार्थी संगठनलाई शुक्रबार दिनको ३ बजे अनौपचारिक छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्